गोविन्द नेपाली, २६ फागुन , नवललपुर ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेसन बुटवलमा हुने भएको छ ।
नेपाल देशभर क्रियाशील दलित समुदायका पत्रकारहरुको छाता संगठनको रुपमा रहेको संघको प्रथम ऐतिहासिक महाधिवेसनको तयारी पूरा भएको छ ।
प्रथम ऐतिहासिक महाधिवेशनमा देशैभरका करिव ४ सय पत्रकारहरुको सहभागिता हुनेछ भने महाधिवेसन उद्घाटन अघि फागुन २८ गते शुक्रबार बिहान ८ बजे पुष्पलाल पार्कदेखि बाजागाजा सहितको र्याली आम्रपाली कटेजमा पुगि उद्घाटन सत्रमा परिणत हुने जनाइएको छ ।
महाधिवेसनको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने र उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिसधा सदस्य छविलाल विश्वकर्मा, राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, राजपाका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत पेशागत संघ संगठनका प्रमुखहरुको सहभागिता रहने आज आयोति पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
महाधिवेसनमा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डिवी परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने छ ।
साथै दलित समुदायका सञ्चारकर्मीहरुका लागि लेखनवृत्तिसमेत प्रदान गरिने र सोही दिन साँझ चर्चित कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।
संघका अध्यक्ष विनोद पहाडिका अनुसार महाधिवेशनमा “आमसञ्चार र समावेशिताको सवाल”, “मिडियामा महिला ः दलित महिला ?” र “दलित आन्दोलन युवा र आम सञ्चार” बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि हुनेछ ।
उक्त कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल, गणेश विश्वकर्मा, दुर्गा सोब लगायतका वत्ताहरुले आफ्नो प्रस्तुती दिने छन् ।
तीन दिन सम्म हुने सो महाधिवेसनको समापनमा चैत १ मानवअधिकार तथा शान्ति समाजको संयोजन तथा बुटवलबाट प्रकाशन तथा प्रशारण भइरहेका सञ्चार गृहहरुको आयोजनामा देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोजको आयोजना हुनेछ ।
संघको हालसम्म ६५ जिल्ला शाखा, सात प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील छन् भने झण्डै १५ सय भन्दा बढि दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका छन् ।
COMMENTS