नवलपुरको पार्टी कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

Homeअन्य

नवलपुरको पार्टी कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

Unrelenting focus and perseverance is the key to success
विद्यार्थीले चाहेको जस्तो देश बनेन – नेविसंघ महामन्त्री थपलिया
Yoga For Complete Beginners – 20 Minute Home Yoga Workout

२६ फागुन नवलपुर ।

नेपाल क्युनिष्ट पार्टी ( नेकपा) विघटन भएर पूर्व एमाले र माओवादी केन्द्र पुनस्र्थापना भएसंगै नवलपुरको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ ।

कावासोती नगरपालिका –८, फिल्महलचोकमा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखीएको हो ।

साविकको नेकपा एमालेको पार्टी कार्यालय रहेको स्थानमा नेकपा एमालेको बोर्ड राखिएको हो ।

नेकपा एमाले केन्द्रिय सदस्य ,पार्टी जिल्ला ईन्चार्ज एवं सांसद तिलक महत , पूर्व सभासद जिवन श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा पार्टी कार्यालयमा नेकपा एमालेका बोर्ड राखिएको हो ।

नेकपा एमालेको बोर्ड राख्दै पार्टी केन्द्रिय सदस्य तिलक महतले अब पार्टीलाई थप व्यवस्थित बनाउदै लैजानुपर्ने बताउनुभयो ।

हिजो देखीएको मतभेदलाई भुलेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने नेता महतले बताउनुभयो ।

पार्टी निर्माणमा बिभिन्न पक्षको भूमिका रहेको भन्दै एकतालाई सुदृढ बनाउदै जानुपर्ने समेत नेता महतले बताउनुभयो ।
सूर्य चुनाव चिन्हमुनी रहेर कम्युनिष्ट एकताको आन्दोलन समेत अगाडी बढ्ने साम्सद महत ले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0