मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु , १० घाइते

Homeसमाज

मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु , १० घाइते

त्रिवेणी नाका सञ्चालनको तयारी
३ लाख ८५ हजार नगद सहित ५ जना पक्राउ
पशुजन्य उत्पादनमा अर्घाखाँचीको पाणिनी गा.पा. लुम्बिनी प्रदेशकै उत्कृष्ट

२९ फागुन , मकवानपुर ।
मकवानपुरको मनहरि गाउँपालिका–६ सुनाचुरीमा बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
बसमा रहेका अरु १० जना घाइते भएका छन् ।
बिहान ३ बजे वीरगन्जबाट चितवनका लागि छुटेको ना ४ ख ५१४९ नम्बरको बस र चितवनबाट हेटौँडाका लागि छुटेको ना ६ ख ८९ नम्बरको ट्रक ठोक्किएर दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो।
दुर्घटनामा परेर बस चालक वीरगन्ज–१५ का ३५ वर्षका मदनकुमार थापा, बसमा रहेका भारत सिस्वाका ४० वर्षका अभयलाल कुश्वाह र भारत विहारका ४० वर्षका सुनिलकुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले बताउनुभयो ।
घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालक थापा र सुनिलकुमारको उपचारको क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौँडा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0