तुलसीपुरमा जारी भोटे मेलाको चौथो दिन आज लोक दोहोरी गायक पुष्कल शर्माको बेजोड प्रस्तुति रहने

Homeअन्य

तुलसीपुरमा जारी भोटे मेलाको चौथो दिन आज लोक दोहोरी गायक पुष्कल शर्माको बेजोड प्रस्तुति रहने

This Holiday Time, Look Different for the Halloween
The 7 biggest cheap ticket blunders
नवलपुरमा अन्तराष्ट्रिय महिला दिवसको पुर्ब सन्ध्यामा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता

२९ फागुन , दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलामा जारी भोटे मेलाको चौथो दिन आज पनि जारी रहेको छ ।
आज (शनिबार ) चौथो दिन चर्चित लोक तथा दोहोरी गायक पुष्कल शर्मा, प्रेम विवश घर्ती, सचिन परियार, गायीका सिर्जु अधिकारी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक दिपक कुमालले बताउनु भएको छ ।
‘आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ऐतिहासिक भोटे मेला २०७७’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि सुरु भएको मेला चैत २ गते सम्म चल्ने छ ।
मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु मेलाका मुख्य आकर्षणहरु रहेका छन्् । भने एक सय २० वटा व्यबसायीक स्टलहरु रहेका छन् ।
मेला तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह–आयोजना तथा तुलसीपुर उपमहानगरपालिका ७ को संरक्षणमा लगाईएको हो ।
मेलामा ईतिहास झल्कने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको छ । मेलामा घोडा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0