जसपाको नेतृत्वको सरकार हल्ला मात्रै , देउवाको नेतृत्वमा सरकार बन्नु पर्नेमा नेता थापाको जोड

Homeराजनीति

जसपाको नेतृत्वको सरकार हल्ला मात्रै , देउवाको नेतृत्वमा सरकार बन्नु पर्नेमा नेता थापाको जोड

नेपाली कांग्रेसलाई एउटा प्रदेशमा मुख्यमन्त्री दिन नेकपाका दुवैपक्ष तयार
प्रमद्वारा मन्त्रीपरिषद् विस्तार , ९ जना मन्त्री थपिए
प्रतिनिधिसभा विघटन मुद्दा : सरकारी पक्षको बहस सुरु

२९ फागुन , नवलपुर ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले जसपाको नेतृत्वमा सरकार गठन हुने कुरा हल्ला मात्रै भएको भन्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चाडै बन्ने बताएका छन ।
शनिबार पुर्वी नवलपरासीको हर्कपुरमा फाईन्ट प्रिन्ट फिभरको घुम्ती साहित्ययिक कार्यक्रममा आईपुगेका थापाले पत्रकार सँग कुराकानी गर्दै यस्तो बताएका हुन ।
पत्रकारहरु सँग कुराकानी गर्दै थापाले भने “हाम्रो एउटै कुरा सरकारबाट केपि ओलिलाई बिस्थापित गर्नु हो, त्यसपछि हामी काङ्ग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रियालाई अगाडी बढाउछौ । अन्य दलको या जसपाको नेतृत्वमा सरकार बनाउने कुरा हल्ला मात्रै हुन । ”
केपि ओलिको कारणले संविधान र सिङ्गो व्यवस्थामा अविश्वास पैदा हुन लागेको बताउदै थापाले केपि ओलि नेतृत्वको सरकारलाई बिदाई गर्नु अहिलेको आवश्यकता भएको बताएका छ्न ।
पत्रकार सँग कुराकानी गर्दै थापाले रामचन्द्र पौडेल, शंशाक कोइराला र कृष्णप्रसाद सिटौला मिलेर देउवालाई संसदीय दलको नेताबाट हटाउने हल्ला मात्रै भएको बताउदै देउवा नेतृत्वको सरकारनै अहिलेको संकटको समाधान रहेको बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0