धादिङको निलकण्ठ नगरपालिकामा कुमाल संग्राहलय भवनको शिलान्यास

Homeकुमाल समाजकुमाल समाज विशेष

धादिङको निलकण्ठ नगरपालिकामा कुमाल संग्राहलय भवनको शिलान्यास

हराएको संस्कृति
नेपाल कुमाल समाज सुधार समितिको ७ औं राष्ट्रिय एकता महाधिवेशन आगामी वैशाख १८ र १९ गते कास्कीमा हुने
“म त्यही माटो हुँ “


१ चैत , धादिङ ।
धादिङको निलकण्ठ नगरपालिकामा कुमाल संग्राहलय भवनको शिलान्यास गरिएको छ ।
धादिङको निलकण्ठ नगरपालिका ८ मा कुमाल समुदायको इतिहास, परम्परा र सँस्कृति झल्किने संग्राहलयको निर्माण गर्न लागिएको हो ।
उक्त संग्राहलयमा कुमाल जातिको पहिचान झल्किने कला सामाग्री , कलात्मक संस्कृति , भेषभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरणहरु, घरीयासी समाग्री लगायतका बस्तुहरु राखिने नेपाल कुमाल सुधार समिति जिल्ला कार्य समिति धादिङका अध्यक्ष दान वहादुर कुमालले जानकारी दिनु भयो ।
लोपोन्मुख अवस्थामा पुगेको कुमाल समुदायका मानिसहरुले परम्परागत रुपमा प्रयोग गर्दै आएका मौलिक कलाका समाग्रीहरु एकै ठाउँमा राख्ने गरि निर्माण गर्न लागिएको संग्राहलय भवनको गत विहिबार अर्थात् फागुन २७ गते निलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले शिलान्यास गर्नु भएको थियो ।


लोप हुन लागेको कुमालको कला संस्कृतिको संरक्षण गर्न तथा कुमाल जातिको पहिचान स्थापित गर्ने मुख्य उद्धेश्यका साथ संग्रालय निर्माण गर्न लागिएको अध्यक्ष कुमालको भनाइ छ ।
वहाँका अनुसार संग्रालय निर्माणको लागि निलकण्ठ नगरपालिका वडा नम्बर ८ बाट ८ लाख ५० हजार रकम विनियोजन भएको छ । भने नगर कार्यपालिकाबाट ५ लाख रकम गरी १३ लाख ५० हजारको बटेज प्राप्त भएको छ ।


प्रर्याप्त बजेटको लागि स्रोत जुटाउने काम पनि भईरहेको अध्यक्ष कुमालले बताउनु भयो ।
यसैविच कुमाल संग्रालय सँगै श्री उद्यमशिल कृषि सहकारी संस्था लिमिटेडको भवन पनि शिलान्यास गरिएको हो । संग्राहलय र सहकारी गरेर ८ कोठे भवन निर्माण गरिने अध्यक्ष कुमालले बताउनु भएको छ ।
वहाँ श्री उद्यमशिल कृषि सहकारी संस्था लिमिटेडको पनि अध्यक्ष हुनुहुन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0