कांग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्न चुनौती छ : वरिष्ठ नेता पाैडेल

Homeराजनीति

कांग्रेसलाई सत्तामा जान भन्दा व्यवस्थाको रक्षा गर्न चुनौती छ : वरिष्ठ नेता पाैडेल

प्रम एवं नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको दूरी घटाउने प्रयासमा
New Google Campus Boosts Tech’s March Into New York
कांग्रेसको भातृ संस्थाहरुको देशैभर प्रदर्शन

२ चैत्र , काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् ।
पर्बत सदरमुकाम कुश्माबजारमा सोमबार बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए ।
वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरे ।
नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0