सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा

Homeअन्य

सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा

The 7 biggest cheap ticket blunders
बुधबारदेखि बाइडेनले अमेरिकी राष्ट्रपतिको पदभार सम्हाल्दै
8 things your boss expects you know about fashion nails

२ चैत्र , काठमाडौँ ।

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आइपुगेको छ ।

बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफासहितको १६ जनाको टोली विशेष विमानमार्फत नेपाल आइपुगेको हो । टोलीमा १३ जना बहराइन रोयल गार्ड डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक पनि छन् । आरोहण टोली ८० दिन नेपालमा रहनेछ । 

बहराइनका लागि नेपाल राजदूत पदम सुन्दाससहित दूतावास परिवारले साेमवार बिहान राजकुमारसहितको टोलीलाई भेटेर आरोहणको शुभकामना दिएको छ । राजकुमार अल खालिफासहितको टोलीले गएको अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

आरोहण टोलीले गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ सामागाउँका बासिन्दाका लागि दुई हजार डोज कोरोनाविरुद्धको खोप सहयोग गर्ने कार्यक्रम पनि छ । 

COMMENTS

WORDPRESS: 0
DISQUS: 0