लमजुङमा चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु

Homeसमाज

लमजुङमा चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु

पत्रकार महासङ्घकाे चुनाव : ६० भन्दा बढी जिल्लाको गणना सकिँदा विपुलकाे प्यानललाई अग्रता
महिलाको सुरक्षा चुनौतिपूर्ण बन्दै
गाउँका नामले नै जातीय विभेद भएको भन्दै बझाङमा दुई वटा गाउँको नाम परिवर्तन

३ चैत , लमजुङ ।

लमजुङको क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ ।

हेलिकप्टरमार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्दाजी १७ वर्षीय विनोद विश्वकर्माको साँझ साँढे ५ बजेतिर मृत्यु भएको हो ।

उपचारस्थलमा रहेका क्‍व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार हेलिकप्टरबाट उपचारका लागि ल्याइएका ३ जनालाई तत्काल मणिपाल लगिएकोमा उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।

भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्मासँगै छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका थिए ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर परेको चट्याङले छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् ।

उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष घलेको सहयोगमा उपचारका लागि अस्पताल पुर्‍याइएपनि एक जनाको निधन भएको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए ।

उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर घलेगाउँबाट हेलिकप्टरमार्फत पोखरा लगिएको थियो ।

चट्याङले छात्राबास भवनका साथै विद्यालय र छात्राबास नजिकैको इन्टरनेट डिभाइस र तारमा क्षति पुर्‍याएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0