नेकपा एमाले विवादको जड अध्यक्ष ओली भएको माधव कुमार नेपालको दाबी

Homeराजनीति

नेकपा एमाले विवादको जड अध्यक्ष ओली भएको माधव कुमार नेपालको दाबी

ओली सरकार हातमा लाग्यो शून्य – नेता कृष्णचन्द्र नेपाली
राष्ट्रपतिद्धारा संसद् विघटन, २०७८ वैशाख १७ र २७ गते चुनावको मिति तोकियो
कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था क्रमिक सुधार

४ चैत , काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन् ।

बुधवार आफ्नाे समूहले ललितपुरकाे सानेपामा आयाेजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभइ एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएको बताए ।

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पुर्‍याउन रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दाबी गरे।
नेता नेपालले भने, ‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरे ।

केपी ओलीको अहङ्कार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला नागरिककाे बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उनले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0