पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने

Homeसमाज

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने

आज २ सय ९९औँ पृथ्वी जयन्ती मनाइदैँ
सचेतनाका कमीले गर्दा बजारमा म्याद गुज्रेका सामानहरु बिक्री वितरण भयो — घरेलु तथा साना उद्योग
विश्व शान्ति स्यांक्चुरीको वेभसाइट सार्वजनिक

४ चैत , काठमाडौँ ।
पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते हुने
नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।

पत्रकार महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी गराउनुभयो ।

महासंघको संशोधित विधान अनुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ ।
निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेकाे संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहनुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0