५ चैत , काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओली समूहको आज भएको संसदीय दलको बैठकले नेपाल–खनाल समूहका सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
बैठकले नेपाल–खनाल समूहका सांसदहरु आत्मालोचनासहित संसदीय दलको बैठकमा उपस्थित नहुनुको कारणसहित स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
बैठकमा सहभागि एक सांसदका अनुसार गुटगत भेला नगर्न, पार्टीबाहेक अरू कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन समेत आह्वान गरेको छ।
यो आह्वानलाई नमानेमा स्पष्टीकरण सोधिने ओली पक्षका एक सांसदले बताएका छन्।
स्पष्टीकरण सोधिसकेपछि कारबाहीका लागि सजिलो हुने ती सांसदको भनाइ छ ।
नेपाल–खनाल समूहले भने ओलीले बोलाउनुभएको संसदीय दलको बैठक बहिष्कार गरेका छन् ।
त्यस्तै, यो समूहले आज बिहान सांसदहरुको छुट्टै बैठकसमेत आयोजना गरेको थियो ।
COMMENTS