१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला

Homeराजनीति

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला

सरकार र ‘विप्लव’ समूहबीच सहमतिपत्रमा हस्ताक्षर
ओलीले आफूलाई महाराजधिराज ठान्यो – प्रचण्ड
चितवनमा प्रदर्शनकारीहरुद्वारा मलामी बोकेको बस तोडफोड, किरियापुत्री घाईते

५ चैत , काठमाडौँ ।

नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गरेको छ । यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यमा रहेको भेलाको दाबी छ ।
ओलीका विभिन्न गतिविधिप्रति दु:ख व्यक्त गर्दै भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ ।

भेलाले संसद् पुन:स्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

एमालेलाई समेत फुटाएर देशी–विदेश शक्तिले राष्ट्रिय स्वाधिनतामाथि धावा बोल्ने कोसिस गरेको भेलाको निष्कर्ष छ । यस्तै, ओलीका कदमविरुद्ध दृढताकासाथ उभिन कार्यकर्तालाई आव्हान गरेको छ ।

ओलीले नेपालको हितप्रतिकूल निर्णय गरेको दाबी गर्दै सच्याउन तथा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न माग गरेको छ । एमसीसी राष्ट्रिय हितअनुरुप हुनुपर्ने भेलाको निष्कर्ष छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0