धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्‍चनपुरबाट पक्राउ

Homeसमाज

धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्‍चनपुरबाट पक्राउ

नेपाल दलित समाज गैंडाकोटको नयाँ कार्य समिति गठन
नवलपुरका सञ्चार गृहमा आवद्ध श्रमजिवि पत्रकारहरुलाई ऐक्यबद्धता गराएर लैजान्छौँ – रानाभाट
आदिवासी जनजाति उत्थान सुचना तथा सञ्चार सहकारीको १० औँ साधारण सभा सम्पन्न

६ चैत , धादिङ ।

एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालक पक्राउ परेका छन् ।

सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्‍चनपुरबाट पक्राउ गरिएको हो ।
केही बेरमा पत्रकार सम्मेलन गरी बुढाथोकीलाई सार्वजनिक गर्न लागिएको सीआईबीले जनाएको छ ।

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्‍यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए 

COMMENTS

WORDPRESS: 0
DISQUS: 0