स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ११ औँ स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Homeराजनीति

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ११ औँ स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेसले आज प्रमुख तीन दलसँग छलफल गर्दै
कांग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण
Top Instagram Updates You Need to Know in 2018 – December Edition

६ चैत , काठमाडौँ ।

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको ११ औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँको शान्तिबाटिका रत्नपार्कमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विपि कोइराला युवा नेतृत्व विकास मञ्च जिल्ला समिति काठमाडौँको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

शुक्रबार विहान भएको वृहत रक्तदान कार्यक्रममा एक सय जनाले रक्तदान गरेका छन् । जस मध्ये ७५ जना पुरुष र २५ जना महिलाले रक्तदान गरेका हुन् ।

कार्यक्रम विपि कोइराला युवा नेतृत्व विकास मञ्च जिल्ला समिति काठमाडौँका अध्यक्ष वरुण केसीको सभाध्यक्षता एवम् नेपाली काङ्ग्रेस जिल्ला सभापति काठमाडौका कृष्ण सबुज बानियाको प्रमुख अातिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा नेबिसंघ पुर्व महामन्त्री गजेन्द्र कार्की , नेबिसंघ महामन्त्री उर्मिला थपलियाको विशेष आतिथ्यता रहेको थियो ।

यस्तैगरी सिन्धुपाल्चोक जिल्ला नेबिसंघ पुर्व अध्यक्ष भरत खड्का , नेपाल भलिबल संघ उपाध्यक्ष कुमार राज सुवेदी , नेपाल दलित संघ अध्यक्ष राजुु सुनुवार , नेपाल विद्यार्थी संघ पुर्व केन्द्रिय सदस्य पुजन गन्दर्भ र नेविसंघ पुर्व केन्द्रीय उपाध्यक्ष सागर परियार लगायतको आतिथ्यता रहेको थियो । भने कार्यक्रम प्रर्विण घिमिरेले संचालन गर्नु भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0