पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै

Homeसमाज

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ११ औं स्मृति दिवस मनाइदै

हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल
पर्यटनलाई उत्पादनसँग जोड्औँ – कानुन मन्त्री चुमान
नेपालमा सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि

७ चैत , काठमाडौँ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ ।
स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस र कांग्रेस निकट भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
चार पटक प्रधानमन्त्री र एकपटक राष्ट्रप्रमुख समेत बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । उहाँ २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो ।
२०४७ सालको आन्दोलन, २०६२÷६३ सालको दोश्रो जनआन्दोलन, तत्कालीन नेकपा माओवादीसँगको शान्ति सम्झौतालगायतमा उहाँको भूमिका महत्त्वपूर्ण छ ।
कोइरालाको निधनपछि सरकारले २०७१ जेठ १५ गते नेपाल रत्न मानपदवी बाट सम्मानित गरेको थियो । उहाँका दुई दाजु वीपी कोइराला र मातृकाप्रसाद कोइराला पनि प्रधानमन्त्री हुनुभएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0