गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

Homeराजनीति

गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय

BMW Hit by $10 Million Fine in South Korea over Engine Fires Crisis
माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव
नेकपा विवाद : मोरङमा ओली समूहको शक्ति प्रदर्शन

७ चैत , काठमाडौँ ।
नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत गतिविधि गर्ने अगुवालाई स्पष्टीकरण सोध्ने बताउनुभएको थियो ।
बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि हुनुहुन्छ । तर, उहाँहरु सहभागी हुनुभएन ।
बोर्ड गठन भएपछि पहिलोपटक दलको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम र माधव नेपाल समूहका सांसद कृष्णभक्त पोखरेल पनि सहभागी हुनुहुन्थ्यो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0