४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना रिहा

Homeसमाज

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद तिम्सिना रिहा

कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने
पाथीभरा क्षेत्रमा लागेको आगो ५ दिन हुदासम्म नि नियन्त्रणमा आउन सकेन
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल

७ चैत , काठमाडौँ ।
४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी० शनिबार दिउँसो रिहा हुनुभएको छ ।
भारत पश्चिम बंगालस्थित दमदम करेक्सनल सेन्टरमा रहनुभएका तिम्सिना कोलकाता उच्च अदालतको आदेशबमोजिम छुट्नुभएको हो ।
दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नुभएको थियो । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपरान्ह अदालतले जेल पठाएको थियो ।
त्यही पत्रका आधारमा जेल प्रशासनले उहाँलाई छाडेको हो ।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।
तिम्सिना सन् १९८० मा दार्जिलिङमा पक्राउ पर्नुभएको थियो ।
हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको अभियोग प्रमाणित हुने कुनै सबुत भेटिएको थिएन ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0