अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

Homeअन्य

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

११ दिने आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न
16 things about fitness magazines your kids don’t want you to know
चीन सरकारले अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेरका समूहका लगाइने

८ चैत, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेंसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
सन्धिखर्क नगरपालिका–९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क–९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो ।
घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको छ । उहाँको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।
जीपमा रहेका यात्रु सुरज खनालका अनुसार जीपमा साढे तीन वर्षको बच्चासहित ६ जना रहेका थिए । ६ जना यात्रुमध्ये तीन जनाले जीपबाट हाम फालेका थिए ।
उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0