जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

Homeअन्य

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

११ दिने आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न
The unconventional guide to world markets
Why elementary schools are killing you

८ चैत, चितवन ।
जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको हो ।
यस्तै हात्तीले त्यस ठाउँका तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो

COMMENTS

WORDPRESS: 0
DISQUS: 1