मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

Homeसमाज

मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो

नेपाल दलित समाज गैंडाकोटको नयाँ कार्य समिति गठन
स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी प्रभावकारी ढङ्गले लैजान सकिन्छ ? – मुख्यमन्त्री गुरुङ
कोरोना महामारीका कारण नवलपुरमा यो वर्ष २५ प्रतिशतले माछा उत्पादन घट्यो


८ चैत, मनाङ ।
मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।
गएराति तीन वर्षका बालकको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो ।
अरु दुई जनाको उपचार भइरहेको छ । सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेका लागि छुटेको ध १ ख ५९२ नम्बरको ट्रक हिजो दिउँसो मर्स्याङ्दी नदीमा खसेको हो ।
दुर्घटनामा परेर नासो गाउँपालिका–४ ओडारकी ३५ वर्षकी मनीषा गुरुङ, उनका सात वर्षका छोरा लिउन, जलकाशी गुरुङ र तीन वर्षका निहल गुरुङको ज्यान गएको हो ।
यस्तै मर्स्याङ्दी गाउँपालिका–५ घेर्मु घर भएका सहचालक लक्ष्मण नेपाली र चामे गाउँपालिका–४ का धनमान भनिने राजु विश्वकर्माको पनि ज्यान गएको डीएसपी सुवास खड्काले उज्यालोलाई जानकारी दिनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0