तीनतले चीर ठड्याएसँगै आजदेखि देशभर फागु पर्व सुरु

Homeसमाज

तीनतले चीर ठड्याएसँगै आजदेखि देशभर फागु पर्व सुरु

सगरमाथा चढ्न बहराइनका राजकुमारसहितको टोली नेपालमा
बलात्कारीलाई फाँसी दे भन्दै काठमाण्डौमा दिनहुँ नाराबाजी
४ वर्षीय व्लड क्यान्सर पीडित बालकलाई आइक्याट ( AICAT ) कलेज ग्रुप इजरायलद्वारा आर्थिक सहयोग

८ चैत, काठमाडौं ।
काठमाडौंको हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै आइतबारबाट देशभर फागु पर्व (होली) सुरु भएको छ।
आइतबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।
पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ ।
अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ । पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको संस्कृतिविद्हरू बताउँछन ।
पछिल्ला दिन भने पूर्णिमाको दिन मात्रै फागु मनाउने गरिन्छ । यसअनुसार यसपालि चैत १५ गते फागु पर्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0