मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासङ्घ बीच सम्झौता

Homeशिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासङ्घ बीच सम्झौता

नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने
कक्षा १२को परीक्षा आज देखि सुरु
कक्षा १२ को नतिजा प्रकाशित

८ चैत, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासङ्घ बीच सम्झौता भएको छ ।
शनिबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम ) र नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका बीच आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजारीकरण गर्न सहयोग गर्नका लागी सम्झौता सम्पन्न भएको हो ।
मुसोमको तर्फबाट निर्देशक डा. सुशिल कुमार शाही र नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका तर्फबाट अध्यक्ष श्री पदम बहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।


सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह, रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल तथा अन्य सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
यस सम्झौता पश्चात आर्थिक तथा शैक्षिक समुन्नतीका लागि विभिन्न १७ वटा बुदाँहरु सहित सहकार्य तथा समन्वय हुने छ भने सम्झौता अवधि ५ वर्षको रहने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0