मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

Homeशिक्षा

मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
तनहुँकाे भिमाद नगरपालिकाले शिक्षा मन्त्रालयको विद्यालय बन्द गर्ने सम्बन्धी निर्णय नमान्ने

८ चैत, नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती स्थित मध्यबिन्दु बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् ।
क्याम्पसले लकडाउनको अवधिमा नपढाइकन विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै कलेज हातामा टायर बालेर नाराबाजी गरेका छन् ।
आइतबार बिहानैदेखि विद्यार्थीले कलेजमा नाराबाजी गरेर पठनपाठन ठप्प पारेका थिए ।
प्लस टु कल्याण मञ्चले विद्यार्थीबाट कलेजले लिएको शुल्क फिर्ता गर, विद्यार्थी एकता जिन्दावाद, शैक्षिक माफिया मुर्दाबाद जस्ता नारा लगाएका थिए ।
क्याम्पस प्रमुख मुक्तिराम पाण्डेका अनुसार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच केहीबेर अघि वार्ता सुरु भएको छ । ‘म वार्तामै छु ।
पछि कुरा गरौंला,’ उनले भने । कजेलको प्लस टुमा १४ सयभन्दा बढी विद्यार्थी रहेका छन् ।
यो क्याम्पस पठनपाठनमा देशकै उत्कृष्ट र विद्यार्थी संख्या धेरै भएको कलेजमा पर्दछ । क्याम्पसमा पहिलोपटक देखिने गरी आन्दोलन भएको हो । कलेज बाहिर सुरक्षाकर्मी परिचालित छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0