राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

Homeराजनीति

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

भ्रष्टाचार विरुद्धमा सबै दलहरुबीच अन्तरक्रिया
निर्मला पन्त र भागरथी भट्टका हत्यारा छिट्टै पक्राउ पर्ने ओलीको दाबी
प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै केपी ओलीलाई कारबाही गर्ने प्रमुख एजेण्डा

९ चैत , काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ ।
उहाँ बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जानुभएको हो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0