नविन लामिछाने, १० चैत , मनाङ ।
मुखिया गुरुङको अध्यक्षतामा मनाङ मस्र्याङ्दी क्लबको नयाँ कार्यसमिति गठन गरिएको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा सुशिल गुरुङ, उपाध्यक्षमा विजय घले, छिरिङ टासी घले, राजु गुरुङ, कमल गुरुङ र सोनाम गुरुङलाई चयन भएका छन् ।

यस्तै महासचिवमा तेन्जिङ गुरुङ, सचिवमा कर्मा टासी गुरुङ र कोषाध्यक्षमा कर्मा गुरुङ रहेका छन् । भने सदस्यहरुमा राम बहादुर गुरुङ, मुखिया गुरुङ, कर्मा गुरुङ र सोनाम घले रहेका छन् । मनाङले मंगलबार कार्यसमिति गठन गरेको हो ।
कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मतबाट चयन भएका हुन् ।
COMMENTS