बंगलादेशको राजकीय भ्रमण गरी राष्ट्रपति स्वदेश फिर्ता

Homeराजनीति

बंगलादेशको राजकीय भ्रमण गरी राष्ट्रपति स्वदेश फिर्ता

६४ प्रतिशत सांसदको मत प्राप्त गरेको प्रधानमन्त्रीको निर्णयलाई अदालतले रोक्न सक्दैनः ओली
१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा (एमाले)को खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला
सँसद बिघटनका बिरुद्धमा नेपाली काँग्रेसको देशभरिका वडाहरुमा प्रदर्शन

१० चैत , काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।

राष्ट्रपतिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधामन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना मन्त्रीगणहरु र संवैधानिक निकाय प्रमुख लगायत उच्च पदस्थ सरकारी अधिकारीहरु त्रिभवन विमानस्थल पुग्नुभएको थियो ।

बंगलादेशका राष्ट्रपिता शेख मुजीबुर रहमानको जन्मशताब्दी समारोहमा विशेष अतिथिका रुपमा भाग लिन राष्ट्रपति भण्डारी हिजो बंगलादेश जानु भएको थियो ।

जन्मशताब्दी समारोहलाई राष्ट्रपति भण्डारीले विशेष सम्बोधन गर्नुभएको थियो ।

यसैबीच राजधानी फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपतिको बंगलादेश भ्रमण फलदायी रहेको बताउनु जानकारी दिनुभयो ।
भ्रमणले द्विपक्षीय सम्वन्धलाई थप उचाइमा पुर्याउन मद्धत पुगेको मन्त्री ज्ञावलीले बताउनुभयो ।

राजकीय भ्रमणकै सन्दर्भमा नेपाल र बंगलादेशबीच संस्कृति पर्यटन रेलमागर्गसँग सम्वन्धित लगायत विभिन्न ४ बटा सम्झौता भएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0