सरकारले संसद्को प्रभावकारिता नचाहेको सांसदहरूको टिप्पणी

Homeराजनीति

सरकारले संसद्को प्रभावकारिता नचाहेको सांसदहरूको टिप्पणी

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर
कानुनविद्को प्रतिक्रिया : ओलीले ल्याएको अध्यादेश सर्वसत्तावादको अभ्यास
कांग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण

१० चैत , काठमाडौँ ।
सरकारले संसद्को प्रभावकारिता नचाहेको सांसदहरूले बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसदहरूले सरकारले सदनलाई बिजनेस नदिएर संसद्को प्रभावकारिता नचाहेको बताएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले सदन चलाउने र फलदायी होस् भन्ने नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले संसद्लाई बिजनेस दिने र बिजनेस दिँदा अपर हाउस पनि चाहिन्छ, राष्ट्रिय सभा । त्यसको पनि अधिवेशन बोलाउनु पर्‍याे । विधेयकहरू लिएर आउनु पर्‍याे । दुवै सदनले पारित गर्ने हो विधेयक । सरकारले नै संसद् चलोस् र यो फलदायी होस् भन्न नचाहेको स्थिति छ । सरकारको दायित्व हो विधेयक ल्याउने ।’

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीले संसद्लाई विघटन गर्ने गलत दृष्टिकोण राख्नुभएकाले संसद्को प्रभावकारी सञ्चालनमा ध्यान नपुर्‍याउनुभएकाे बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0