काठमाडौंमा नेवारहरुको विश्व सम्मेलन हुने

Homeसमाचर

काठमाडौंमा नेवारहरुको विश्व सम्मेलन हुने

Why the world would end without health care providers
तुलसिको विवाह गरेर हरिबोधनी एकादसी पर्व मनाइयो
Why the next 10 years of hot songs will smash the last 10

११ चैत, काठमाडौं । काठमाडौंमा नेवारहरुको विश्व सम्मेलन हुने भएको छ । चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)को दिन काठमाडौंको वसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन गरिने भएको हो ।

चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी कोभिड-१९ महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहनेछ । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिलाई सम्मान गरिने पनि आयोजकले जानकारी दिएको छ ।

यसैगरी सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, चर्चित कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने जनाइएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0