नवलपुरमा स्कुल बसकाे ठक्करबाट ३ वर्षीय बालककाे ज्यान गयो

Homeसमाज

नवलपुरमा स्कुल बसकाे ठक्करबाट ३ वर्षीय बालककाे ज्यान गयो

३ लाख ८५ हजार नगद सहित ५ जना पक्राउ
अनलाइन सांस्कृतिक नृत्य प्रतियोगिताको विजेता लमजुङकी निता कुमाल
सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

११ चैत , नवलपुर ।

पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका २ मा लाेकसेवा माविकाे स्कुल बसकाे ठक्करबाट एक जना बालककाे निधन भएकाे छ ।

चाेरमाराबाट हुप्सेकाेट जाँदै गरेकाे मध्यविन्दु ९ बसन्तपुरकाे लाेकसेवा माविकाे लु १ क ३९९९ नम्बरकाे बसले हुप्सेकाेट २ दन्दरमा ठक्कर दिँदा हुप्सेकाेट २ निवासी सुकमाया परियारकाे ३ बर्षीय छाेरा कृष परियारकाे घटना स्थलमै निधन भएकाे हाे ।

चालक फरार रहेकाे र बस हुप्सेकाेट प्रहरी चाैकीकाे नियन्त्रणमा रहेकाे नवलपुर प्रहरीले जनाएकाे छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0