गत शनिबार मनाङको मस्र्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेका परवारलाई आर्थिक सहयोग

Homeसमाज

गत शनिबार मनाङको मस्र्याङ्दी नदीमा ट्रक खस्दा ज्यान गुमाउनेका परवारलाई आर्थिक सहयोग

नेपाल मगर सँघको १२ औँ राष्ट्रिय महाधिबेशन स्थगित
अवैधरुपमा खोलाजन्य पदार्थ निकासी गरिरहेका ११ वटा ट्र्याक्टर प्रहरीको नियन्त्रणमा
कावासोतीमा बीउ श्रोत केन्द्र निर्माण हुने

नविन लामिछाने, १२ चैत , मनाङ ।
गत शनिबार चैत ७ गते मनाङको नासो गाउँपालिका ३ खोत्रोमा ट्रक दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
पुर्व श्रम राज्यमन्त्री एवं नेपाली काङ्ग्रेस मनाङका जिल्ला सभापति टेकवहादुर गुरुङ र नेपाली काङ्ग्रेस मनाङका संघिय सांसद कर्म घलेले आर्थिक सहयोग गरेका हुन् ।
यस्तै नासो गाउँपालिकाले उक्त घटनाले गाउँपालिका नै शोकाकुल बनाएको भन्दै मृतकका परिवरलई आर्थिक सहयोग गरेको छ ।
सभापती एवं पुर्ब श्रमराज्य मन्त्री टेकबहादुर गुरुङद्धारा नासो गाउपालिका १ मृतक मनिसा गुरुङको श्रीमान सुकबहादुर गुरुङ र नासो ४ का जलकासी गुरुङको श्रीमान मङगल राज गुरुङ दुवै जनालाई नगद रु. ६२ ÷६२ हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।


यस्तै सांसद कर्म घलेद्धारा पनि दुबै मृतकका परिवारलाई नगद रु. ५०÷५० हजार रुपैया आर्थिक सहयोग गरिएको बिन घलेले जानकारी दिनुभयो ।
यस्तैगरी नासो गाउँपालिकाले पनि आर्थिक सहयाृग गरिएको गाउपालिकाले जनाएको छ ।
मृतक मनिसा गुरङको परिवारलाई रु १ लाख ५० हजार र मृतक जलकासि गुरुङको परिवारलाई रु १ लाख आर्थिक सहयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनु भयो ।
सो आर्थिक सहयोग गाउपालिकाका अध्यक्ष चन्द्र घले र उपाध्यक्ष कमल माया गुरुङ मृतकका घरघरमै पुगेर प्रदान गरिएको हो ।
ग्त शनिबार भएको दुर्घटनामा सुकवहादुर गुरुङले श्रीमती र दुई छोरा गुमाएको छ , भने मङलराज गुरुङले श्रीमती गुमाउनु परेको ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0