पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा

Homeसमाज

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा

नेपाल पत्रकार महासंघ नवलपुरको अध्यक्षमा विरेन्द्र पराजुली सर्वसम्मत चयन
लमजुङमा चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु
उपत्यकाका ट्याक्सी व्यवसायी आन्दोलित

१२ चैत , काठमाडौँ ।
सरकारले पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरमा भएको एक कार्यक्रममा नेपाल पशुपक्षी तथा मत्स्य क्षेत्रको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नुभएको हो ।
विश्व खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेले जानकारी दिनुभयो ।
विश्व खाद्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उत्पादन हुनुपर्नेमा नेपालमा ५५ वटा उत्पादन हुने गरेको छ । यस्तै प्रतिव्यक्ति १४ किलो मासु, उत्पादन हुनुपर्नेमा २२ किलो उत्पादन रहेको छ ।
यस्तै वार्षिक प्रतिव्यक्ति ७९ लिटर दूध उत्पादन हुने गरेको छ ।
किसानप्रति सरकारको प्रभावकारी नीति र कार्यान्वयन, निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण, किसानहरुमा पेशाप्रतिको आकर्षण जस्ता कारणले नेपाल आत्मनिर्भर बनेको उहाँले बताउनुभयो ।
कृषि मन्त्रालयले कृषि क्षेत्रको सबै उत्पादनमा दुई वर्षभित्र आत्मनिर्भर बन्ने र ५ वर्षभित्र निर्यात गर्ने रणनीति बनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0