भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए मिल्यो – प्रहरी

Homeसमाज

भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए मिल्यो – प्रहरी

संसद विघटनविरुद्ध परेका रिट अब पुस २२ गतेदेखि सुनुवाइ हुने
तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो
पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियन नेतृत्वको महागठबन्धन सबै पदहरुमा विजयी

१२ चैत , काठमाडौँ ।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ ।
भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए मिलेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले दिनेशको डीएनए प्रयोगशालाबाट म्याच भएको जानकारी दिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0