१२ चैत , इलाम ।
चालीस वर्ष भारतीय जेलमा बिताएका इलामका दीपक जैसी तिम्सिना पनि भनिने दुर्गाप्रसाद तिम्सिनाको बिहीवार नेपाली नागरिकता पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामबाट उनले वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
उनी २० वर्षको उमेरमा २०३७ साल माघमा इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट मङ्गलवारे बजारको बुधवारे हाटमा तोरी बेच्न भनी हिँडेपछि सम्पर्कविहीन भएका थिए ।
उनी हालै कोलकाताको करागारमा फेला परेका र ज्यान मुद्दामा ४० वर्षदेखि बिनासुनुवाइ थुनिएको पाइएको थियो।
कोलकाताको उच्च अदालतले रिहाइ गर्न आदेश दिएसँगै गत शनिवार उनी घर फर्किएका थिए। घरमा उनकी ८६ वर्षीया आमा छिन्।
उनलाई आवश्यक उपचार प्रदेश १ सरकारले गर्ने बताएपछि नागरिकता नहुँदा समस्या आउन सक्ने कारण उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन्।
COMMENTS