रेशम चौधरीको माग गर्दै गृहमन्त्री बादल माइतीघर मण्डलमा

Homeराजनीति

रेशम चौधरीको माग गर्दै गृहमन्त्री बादल माइतीघर मण्डलमा

5 Most Creative Conference Spaces to Get Inspired
संवैधानिक परिषद्को बैठक मङ्गलबार वस्ने
नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

१२ चैत , काठमाडौँ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै माइतीघर मण्डलमा भइरहेको प्रदर्शनमा सहभागी बनेका छन्।

बिहीबार दिउँसो भएको प्रदर्शनमा पुगेर गृहमन्त्री थापाले सम्बोधन गरेका थिए।

धर्नामा बसेकाहरूलाई सम्बनोधन उनले आफू सरकारको प्रतिनिधि भएर आएको बताए।

चौधरीको रिहाइका लागि वार्ता टोली पनि गठन गर्ने थापाको भनाइ थियो।

‘तपाईंहरूले १९ बुँदे माग राख्नुभएको छ। यी मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने,’ सरकारको यसमा ध्यान पक्कै गएको छ।

प्रधानमन्त्रीका तर्फबाट म अहिले यहाँ उपस्थित भएको छु। सरकार पनि समस्यालाई सकेसम्म छिटोभन्दा छिटो समाधान गर्ने पक्षमै छ।’

उनले चौधरीको रिहाइको विषयमा सरकार सकारात्मक नै रहेको बताए।

‘सरकारले छिट्टै वार्ता टोली गठन गरेर सम्वाद र वार्ताद्वारा नै यसलाई हल गर्नु उपयुक्त हुन्छ,’ उनले भने।

थारु कल्याणकारिणी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय आन्दोलन परिचालन समिति, काठमाडाैंको संयुक्त आयोजनामा माइतीघरमा केहि दिन देखि प्रदर्शन हुँदै आएको छ।

टीकापुरमा २०७२ भदौ ७ गते एक एसएसपी सहित ८ जनाको हत्या भएको थियो।

सोही घटनाको योजना बनाएको आरोपमा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले गत पुसमा जन्मकैदको फैसला सुनाएको थियो।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0