फोनिजको आयोजनामा सूचना प्रविधिको विकास र अबको पत्रकारिता विषयकमा अन्तरक्रिया हुने ।

Homeविशेष

फोनिजको आयोजनामा सूचना प्रविधिको विकास र अबको पत्रकारिता विषयकमा अन्तरक्रिया हुने ।

रक्क गार्डेन् – ढुङ्गै ढुङ्गाले सजिएको प्राकृतिक बगैंचा
बर्दिबासको घटना निष्पक्ष छानबिन नहुदा सम्म चुप रहदैनौ:मेची महाकाली आवाज
अर्घाखाँचीमा आगलागीबाट दुई घर जलेर नष्ट , पिडित कुमाल परिवारद्वारा सहयोगको अपिल

१२ चैत , नवलपुर ।

पुर्वी नवलपरासीको कावासोतीमा सूचना प्रविधिको विकास र अबको पत्रकारिता एंव नवलपुरको पर्यटन प्रबर्द्धनमा सन्चारको भुमिका विषयक अन्तरक्रिया हुने भएको छ ।

यहि चैत १४ र १५ गते नेपाल आदिबासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा सो अन्तरक्रिया हुने भएको हो ।

दुइ चरणमा हुने अन्तरकृया कार्यक्रम अन्तरगत १४ गते शनिबार सूचना प्रविधिको बिकास र अबको पत्रकारिता शीर्षकमा केन्द्रित हुने भएको छ भने १५ गते आइतबार नवलपुरको पर्यटन प्रबर्द्धनमा सन्चारको भुमिका विषयक हुने आयोजकले बताएको छ ।

कार्यक्रम कावासोती नगरपालिका १५ को अमलटारी सामुदायिक होम स्टेमा हुनेछ ।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका आदिबासी जनजाति पत्रकार तथा नवलपुरका सबै पत्रकारहरुको उपस्थिति रहने फोनिज गण्डकी प्रदेश उपाध्यक्ष कमला रानाले जानकारी दिनुभएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0