१३ चैत , काठमाडौँ ।
पर्यटन व्यवसायीहरुको दबाबपछि सरकारले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई अनिवार्य गरेको प्रतिव्यक्ति ५ हजार डलर (करिब ६ लाख रुपैयाँ) को बिमा प्रावधान हटाएको छ ।
सरकारले विदेशी पर्यटकको आवागमनलाई वृद्धि गर्न ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७’ बिहीबार सार्वजनिक गरेको छ ।
यो मापदण्डले यसअघि असोजमा पर्यटन विभागले जारी गरेको कम्तीमा ५ हजार डलर (५ लाख ८१ हजार रुपैयाँ) बराबरको अनिवार्य बिमा प्रावधान र ७ दिनको अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने प्रावधान हटाइदिएको छ ।
COMMENTS