नेपाल दलित समाज गैंडाकोटको नयाँ कार्य समिति गठन

Homeअन्य

नेपाल दलित समाज गैंडाकोटको नयाँ कार्य समिति गठन

The 10 best books for battling your sexist workplace
How latin instruments can help you predict the future
13 ways budget calculators are completely overrated

१५ चैत , नवलपुर ।
नेपाल दलित समाज गैंडाकोट १०/१३ नवलपुरको दसौ साधारणसभा तथा छैटौं अधिबेशनसम्पन्न भएको छ ।

अधिबेशन ले सन्तु परियारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समाज को उपाध्यक्षमा शारदा बि क, सचिवमा सुदिप परियार, कोषाध्यक्षमा नेत्र परियार , सहसचिवमा बिमला नेपाली , सदस्यहरुमा दिपक बिक ,अनिल बिक , बबिता परियार , चक्र सुनार दिलिप नेपाली लगायत का सदस्यहरु चयन भएका छन् ।

साधारणसभा को उद्घाटन गर्दे प्रमुख अतिथि जिल्ला समन्वय समितीकि उप प्रमुख शारदा बिस्वकर्माले दलितहरुका हक हित र अधिकारका लागि दलित हरु संगठित हुनु निकै महत्वपुर्ण बिषय भएको बताउनुभयो ।

उहाँले संगठनको माध्ययमबाट दलितहरुका मुद्धालाई राज्यको निति निर्माण तह सम्म पुर्याउन संघसंगठनको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । “अझै पनि समाजमा छुवाछुत जस्ता कुप्रथाहरु छन् ।

बिभेद अझै पनि कायम छ । अब यसलाई पुर्णतया हटाउन दलित मात्र होईन सम्पुर्ण गैर दलित पनि एकजुट हुन पर्छ ।” उपप्रमुख ले भन्नुभयो । उहाँले जन्मको अधारमा कोहि पनि तल्लो र उपल्लो जातको नहुने भन्दै जिल्ला समन्वयको उपप्रमुख को हैसियतले यस बिषयमा आफुले सम्बन्धित ठाउमा आवाज उठाउने बताउनुभयो ।

नेपाल दलित समाज गैंडाकोट नवलपुरका अध्यक्ष कृष्ण बहादुर किसान को अध्यक्षतामा भएको सो कार्यक्रममा समाज सेबि बुधिजिवी वडाध्यक्ष वडा सदस्य समाजका साधारण सदस्यहरु राष्ट्रिय दलित पत्रकार संघ का अध्यक्ष गोविन्द नेपाली लगायत बिभिन्न संघसस्थाका प्रतिनिधीहरुले शुभकामना व्यक्त गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0