नवलपुरको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Homeसमाज

नवलपुरको कावासोतीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रधानमन्त्रीद्धारा शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास
नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्षमा नवीन लामिछाने निर्बिरोध चयन
शतबीज छरेर आज बालाचतुर्दशी पर्व मनाईदैँ

१५ चैत , नवलपुर ।

पुर्वी नवलपरासीको कावासोती-१७ मा गए राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
कावासोती-१७ को भित्री सडकमा कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको ना ५ ख ५८५२ नंको बसमा सोही दिशा तर्फबाट आउदै गरेेेको
लु ३८ प ६७९८ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकलमा सवार कावासोती-१७ का २१ वर्षीय देवेन्द्र महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले बताए ।

त्यसै गरि मोटरसाइकलमा सवार सोही स्थानका तेजनारायण महतो गम्भीर घाईते भएका डिएसपी गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाईते दुवै जनालाई उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा देवेन्द्र महतोलाई राती नै चिकित्सकले मृत घोषणा गरेका र दुर्घटनामा गम्भीर घाइते अर्का युवक तेज नारायण महतोलाई थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको डिएसपी गिरीले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0