आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा

Homeविशेष

आदिबासी जनजातिको मुद्दालाई बिशेष प्राथमिकता दिनु पर्छ – जनजाति अगुवा

बर्दिबासको घटना निष्पक्ष छानबिन नहुदा सम्म चुप रहदैनौ:मेची महाकाली आवाज
सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर
रक्क गार्डेन् – ढुङ्गै ढुङ्गाले सजिएको प्राकृतिक बगैंचा

१५ चैत , नवलपुर ।
आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) गण्डकी प्रदेश समितिको प्रदेश स्तरिय भेला सम्पन्न भएको छ ।
पुर्वी नवलपरासीको कावासोती १५ अमलटारी होमस्टेमा आइतबार सम्पन्न भेलामा फोनिज गण्डकिका अध्यक्ष एम बि आस्थाको सभाध्यक्षता तथा फोनिज केन्द्रिय समितिका अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
समावेशी लोकतन्त्रको आधार , पुर्ण समावेशी सञ्चार भन्ने मुल नाराका साथ आइतबार गण्डकी प्रदेशका ११ वटै जिल्लाका जनजाति पत्रकारहरुको उपस्थितिमा भेला भएको हो ।
भेलामा नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका विविध विषयमा छलफल गरिएको थियो ।
भेलामा उपस्थित जनजाति पत्रकारहरुले कलम चलाइरहदा आदिबासी जनजातिको मुद्दाका विषयमा कमल चलाइएको छ कि छैन भनेर गहन अध्ययन गर्नु पर्नेमा जोड दिएका थिए ।
त्यस्तै उनिहरुले राजनीतिक दलको इन्ट्रेस्ट अनुसार नचल्न नेतृत्वहरुलाई सुझाब पनि दिएका थिए ।
कार्यक्रममा सन्चार उद्यमि रुद्र बहादुर गुरुङको पनि बिशेष आतिथ्यता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1