पर्यटनलाई उत्पादनसँग जोड्औँ – कानुन मन्त्री चुमान

Homeसमाज

पर्यटनलाई उत्पादनसँग जोड्औँ – कानुन मन्त्री चुमान

चितवनमा भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया सुरु
ताप्लेजुङको दोभान बजारमा लागेको आगलागीबाट ७९ परिवार विस्थापित
हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु


१५ चैत , नवलपुर ।
पुर्वी नवलपरासीको कावासोतीमा सूचना प्रविधिको विकास र अबको पत्रकारिता एंवम नवलपुरको पर्यटन प्रबद्र्धनमा सन्चारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कावासोती १५ स्थित अमलटारि होमस्टेमा , शनिबार र आइतबार गरि दुई दिन भएको कार्यक्रम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ( फोनिज ) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।


त्यस्तै नवलपुरका स्थानीय तहहरुको पनि कार्यक्रममा आर्थिक सहयोग रहेको थियो ।
दुइ चरणमा भएको अन्तरकृया कार्यक्रम अन्तरगत शनिबार सूचना प्रविधिको बिकास र अबको पत्रकारिता शीर्षकमा केन्द्रित थियो , भने आइतबार नवलपुरको पर्यटन प्रबर्द्धनमा सन्चारको भुमिका विषयक अन्तरक्रिया भएको थियो ।
अन्तरक्रिया कार्यक्रम नेपाल आदिबासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष एम बि आस्था मगरको सभाध्यक्षता एवम् गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री चुमानले पर्यटन क्षेत्रलाई सरकारले नेतृत्व गर्दै सबै नागरिकले साथ सहयोग गर्दै प्रबर्द्धन गर्न आवश्यक रहेको बताउनु भयो ।
यस्तैगरी वहाँले पर्यटनलाई उत्पादनसँग जोड्दै जानू पर्ने बताउनु भएको छ ।
पर्यटन व्यवसायमा भएका कमिकमजोरीलाई औल्याउँदै यस क्षेत्रलाई अगाडि बढाउनु पर्ने वहांको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका आदिबासी जनजाति पत्रकार तथा नवलपुरका सबै पत्रकारहरुको उपस्थिति रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0