नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

Homeराजनीति

नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

किराँत समुदायको विरोधपछि खुवालुङ जाँदै मुख्यमन्त्री राई
एमाले नेता पन्तविरुद्ध कोमल वलीको गाली बेइज्जती मुद्दा
कानुनविद्को प्रतिक्रिया : ओलीले ल्याएको अध्यादेश सर्वसत्तावादको अभ्यास

काठमाण्डाै – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन दिने हुनु भएको छ ।अहिले ११ बजे पुनरावलोकनका लागि उहाँ सर्वोच्च अदालत जाने उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।  यसअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।गएको फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ साल जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।   

COMMENTS

WORDPRESS: 0
DISQUS: 0