कुमाल समाजको एकताको सातौं राष्ट्रिय महाधिवेशन तयारी बैठक कास्कीमा बस्दै

Homeकुमाल समाज

कुमाल समाजको एकताको सातौं राष्ट्रिय महाधिवेशन तयारी बैठक कास्कीमा बस्दै

धादिङको निलकण्ठ नगरपालिकामा कुमाल संग्राहलय भवनको शिलान्यास
नेपाल कुमाल समाज सुधार समिति काठमाडौं जिल्ला कार्य समिति को बैठक सम्पन्न
माटाका भाडा बनाउने तालिम प्रभावकारी भएको तालिममा सहभागी प्रशिक्षार्थीहरुको भनाइ


काठमाडौ- नेपाल कुमाल समाज सुधार समिति केन्द्रीय समिति को बैठक भोलि चैत १८ गते कास्कीको कुमाल समाज घरमा हुने भएको छ।
लामो समय देखि निस्कृय रहेको केन्द्रीय समिति हाल नेपाल आदिवासीजनजाति महासंघको आगामी महाधिवेशन आयोजकले जारी गरेको निर्देश पश्चात् बैठमा जुट्ने तरखरमा रहेको छ।
लामो समय देखिको बिभाजन मा रहेको कुमाल समाज, संस्थापन पक्षाका अध्यक्ष केवल पाल्पाली कुमाल, असन्तुष्ट पक्ष नरेन्द्र मुखिया कुमाल र कुमाल बुद्धिजीवी परिषद बिच दुई वर्ष अधि एकताको महाधिवेशन को घोषणा भइ विभिन्न मिति र स्थान समेत तोकिएको भए पनि बिबिध कारण देखाउदै एकता टुंगो लाग्न सकेको छैन।
भोलि बस्ने महाधिवेशन आयोजक समितिलाइ आगामी बैशाख भित्र महाधिवेशन गर्नुपर्ने दबाब र चुनौती दुबै रहेको छ। यधपी महाधिवेशन संयोजक पाल्पालि र मुखिया विचमा महाधिवेशनको लागि केही ठोस तयारी र छलफल भने भएको छैन।
समाज को उदेश्य प्राप्ति, कुमाल समुदायको अधिकार सुनिश्चितता, समाजिक परिवर्तन , पहिचान को मुद्दा, भाषा धर्म , पेसा , संस्कृति संरक्षण लगायत विभिन्न विषयमा एकताबद्ध भएर जानुपर्ने बेलामा बिभाजन मै अल्झनु समाज र सिङ्गो कुमाल समाज प्रति कुठाराघात भएको देखिन्छ त्यसैले यो बैठकले यश किसिमको समस्या समाधान गर्न आगामी महाधिवेशन तत्काल गरेर आफ्नो मुद्दामा अठोट का साथ समाजलाई अगाडि बढाउने बेला देखिन्छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0