सिजनको अन्त्यमा सर्जियो अगुएरोले सिटी छाड्ने

Homeअन्यखेल

सिजनको अन्त्यमा सर्जियो अगुएरोले सिटी छाड्ने

सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिन : राष्ट्रसंघ
Is Coffee Healthy? A Nutritionist Explains the Facts
The 7 biggest cheap ticket blunders

१७ चैत, काठमाडौं । सर्जियो अगुएरोले यस सिजनको अन्त्यमा म्यानचेष्टर सिटी छाड्ने भएका छन् । इंग्लिस क्लब म्यानचेष्टर सिटीले अगुएरोले सिजनको अन्तिममा सिटी छाड्ने पुष्टि गरेको छ ।

३२ वर्षीय फरवार्ड अगुएरोको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ । कलबले उनीसँग थप सम्झौता नगर्ने भएको छ ।यी कीर्तिमानि अर्जेन्टाइन खेलाडीलाई सिटीले सन् २०११ मा स्पानिस क्लब एथ्लेटिको मड्रिडबाट अनुबन्ध गरेको थियो । त्यसपछि एक दशक सिटीमा खेल्दा अगुएरोले ३८४ खेलमा २५७ गोल गरे ।

टिम मालिकको गाइडेन्स र खेलाडीहरुको कन्ट्रिबुसनले गर्दा सिटीले अहिले विश्वकै उत्कृष्ट क्लबको स्थान बनाएको अगुएरोले बताएका छन् ।

सन् २०१२ मा सिटीलाई ४४ वर्षपछि पहिलो लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका अगुएरोले क्युपिआरविरुद्ध इन्जुरी टाइममा गोल गर्दै उपाधि दिलाएका थिए ।

त्यसयता अगुएरोले थप तीन प्रिमियर लिग उपाधि जिते । यस्तै एक एफए कप र पाँच लिग कप समेत जिते ।

सिटीका अध्यक्ष खालदुन अल मुबारकले पछिल्लो १० वर्ष अगुएरोले सिटीको लागि गरेको योगदान अतुलनिय रहेको बताएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0