१७ चैत , नवलपरासी ।
कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण अघि बढेपछि पश्चिम नवलपरासीको सुस्ता र प्रतापपुर क्षेत्रका स्थानीय केरा उत्पादक कृषक उत्साहित भएका छन् ।
कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षण गराउने उद्देश्यले सुस्ता गाउँपालिका–४ नर्सहीमा शीतभण्डार निर्माण शुरुआत गरिएको हो ।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७५ र सुस्ता गाउँपालिकाको २५ प्रतिशत गरी कूल रु पाँच करोड ६७ लाख ६० हजारको लागतमा शीतभण्डार निर्माण भइरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले राससलाई जानकारी दिनुभयो ।
पाँचसय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार आगामी असार मसान्त भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

COMMENTS