नवलपुरमा ५ हजार १ सय हेक्टर वन क्षेत्रमा फैलियो डढेलो

Homeसमाज

नवलपुरमा ५ हजार १ सय हेक्टर वन क्षेत्रमा फैलियो डढेलो

त्रिवेणी नाका सञ्चालनको तयारी
“गाउँगाउँमा सिंह दरबार आयो भन्छ, हामीलाई त्यो आएको महशुस भएन ”
दैलेखका एकै घरका पाँच जनाले कर्णालीमा हामफालेर आत्महत्या गरेको आशङ्का

१७ चैत , नवलपुर ।
पुर्वी नवलपरासीमा विगत एक हप्ता देखि लागेको डढेलो करिब ५१ सय हेक्टर वन क्षेत्रमा फैलिएको छ ।
करिब ७० हजार हेक्टर वन क्षेत्र रह्र्को जिल्लाको ४५ स्थानमा अर्थात करिब ५१ सय हेक्टर क्षेत्रमा वन डढेलो लागेको डिभिजन वन कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।
डढेलो फैलिएको ४५ स्थान मध्ये १३ स्थान मध्यवर्ती क्षेत्रको वन रहेको डिभिजन वन कार्यालय पुर्वी नवलपरासीका प्रमुख मोहन काफ्लेले बताउनु भयो ।
काफ्लेका अनुसार मध्यविन्दु नगरपालिकाको चोरमारा र डन्डाबीचको पश्चिमतर्फको भागमा बढी क्षति र प्रभाव देखिएको छ ।
मध्यविन्दुको करिब २ हजार हेक्टर, विनयी त्रिवेणीको सर्दीको माथिल्लो क्षेत्रमा करिब १४ सय हेक्टर वनक्षेत्रमा डढेलो लागेको छ ।


डढेलोको कारण भएको क्षतिको एकिन तथ्यांक संकलन भै नसकेको भए पनि वन क्षेत्रमा फैलिएको डढेलोको कारण वन्यजन्तु हताहती भएको हुन सक्ने काफ्ले बताउनु भएको छ ।
डढेलोको कारण वनमा घाटगद्दी गरेर राखिएको काठहरु अहिलेसम्म सुरक्षीत रहेको र मानवीय क्षति नभएको काफ्लेले जानकारी दिनुभयो ।
यसरी जिल्लामा तिब्र रुपमा फैलिएको डढेलो नियन्त्रणमा लिन भने कठिन भएको वहाँले बताउनु भयो ।
डिभिजन वन र मातहतका वन कार्यालय, सशस्त्र वन रक्षक, सशस्त्र प्रहरी , सामुदायिक वन समूह र उपभोक्ताको साझा प्रयासले डढेलो नियन्त्रणमा लिने प्रयास जारी रहेको पनि बताइएको छ ।
हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ ।
प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ ।
यसरी हरेक वर्ष लाग्ने डढेलोले वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0