१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यबिन्दुबाट ३ जना प्रहरीको नियन्त्रणमा

Homeअन्य

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यबिन्दुबाट ३ जना प्रहरीको नियन्त्रणमा

15 Interesting Benefits Of Lemon For Skin, Hair & Health
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेसन बुटवलमा हुने, तयारी पूरा
Entertainment’s brightest young stars turned out for the 2017 Radio Disney Music Awards (RDMA)

१७ चैत , नवलपुर ।

१८ वर्षीया किशोरीलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै प्रहरीले पुर्वी नवलपरासीको मध्यविन्दु–६ का २४ वर्षीय सुशन न्यौपाने सहित उनलाई सहयोग गरेको आरोपमा सोही स्थान बस्ने २६ वर्षीय तुल बहादुर महतो र ३० वर्षीय सतिस महतोलाई मंगलबार गिरफ्तार गरेको छ ।

आरोपित न्यौपानेले पीडित किशोरीलाई फागुन ११ गते मध्यविन्दु–४ मा रहेको अम्रेला ब्रिज होटलमा लगि नशालु पदार्थ खुवाई बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटना फागुन ११ को भएपनि स्थानीय रुपमा नै घटनालाई मिलाउने प्रयास भएको थियो । तर, घटनाको बारे जानकारी आएपछि चोरमारा प्रहरी चौकीका सई कृष्ण शाहाको कमाण्डमा गएको प्रहरी टोलिले आरोपित तिनै जनालाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय पठाएको हो ।

घटनाको बारेमा जानकारी प्राप्त हुन साथ प्रहरीले आरोपितहरुलाई गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर बिशाल तामाङले बताउनुभयो ।

यसअघि प्रहरीले ६० वर्षीया एकल महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई गिरफ्तार गरेको थियो ।

बुलिङटार गाउँपालिका–२ बस्ने पीडित महिलालाई आरोपित बालकले फागुन १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दर्ता गराएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपित बालकलाई फागुन १५ गते साँझ गिरफ्तार गरि घटनाको विषयमा अनुसन्धान गरिरहेको इन्स्पेक्टर विशाल तामाङले बताउनुभयो । पीडित महिलाको फागुन १५ गते भरतपुर जिल्ला अस्पताल चितवनमा स्वास्थ्य परिक्षण गरिएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0