गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको पहलमा न्युयोर्क आसपासका नेपालीलाई कोभिड-१९ को खोप लगाउने व्यवस्था

Homeअन्य

गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको पहलमा न्युयोर्क आसपासका नेपालीलाई कोभिड-१९ को खोप लगाउने व्यवस्था

What the world would be like if medicine shops didn’t exist
6 Kitchen Remodel Tips That Even Top Interior Designers Love
At Fashion Awards in London, a Welcome Dose of ‘Sholay Theme’

१९ चैत , काठमाडौँ ।

गिरिजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको सकृय पहलमा न्युयोर्क र आसपासका नेपाली लगायतका ईच्छुक सम्पूर्ण समुदायलाई कोभिड-१९ विरूद्ध भ्याक्सिन को व्यवस्था भ्याक्सीन रजिस्ट्रेसन फारम भरी योग्यताका आधारमा क्वीन्स अस्पतालमा कोभिड-१९ को खोप लगाउने व्यवस्था गरिएको छ।

सो पुनीत कार्यकोलागी फाउन्डेशनले माताहातका विभिन्न संस्थाहरूलाई समेत सकृय गराई फाउन्डेशनाट उपलब्ध फर्म भराई समुदायबाट तथ्यांक संकलन गरेको र सोका आधारमा यही अप्रिल ३, १०,१७ र २४ तारीख शनिवारका दिन ठीक १:०० वजेवाट साँझ ५:०० वजेसम्म क्विन्स् अस्पताल जमैका, ८२-६८, १६४ स्ट्रीट न्युयोर्क ११४३२ मा भ्याक्सीनको लागी आवेदन फारम भरी खोप लगाउने व्यवस्था मिलाएको छ।

यसरी समुदायमा रहेका नेपाली लगायतका वीभिन्न समुदायलाई आफ्नो पहलमा खोप लगाउन पाउँदा संस्थाको अध्यक्षको हैसीयतमा आफुलाई गौरव महशुस भएको कुरा यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे वताउनुहुन्छ।

वहाँको टीमको अथक पहल र प्रयासमा फाउन्डेशनप्रती विश्वास दिलाई न्युयोर्कका सरकारी निकायवाट यस्तो महत्वपूर्ण मानवीय सहयोग प्राप्त भई सोवाट हजारौं आम सर्वसाधारण लाभान्वित हुनेछन्।

फ़ाउन्डेशनले अन्य संघसंस्थाहरू समेतलाई साथ लिई सो खोप कार्यका लागी असक्त र सवारी साधनको आवश्यकता पर्ने महानुभावहरूलाई शेर्पाकिदुक,घ्याल्सुम्दो सेवा संस्था वा फ़ाउन्डेशनको कार्यालय परीसरवाट निःशुल्क आवतजावतको व्यवस्था मिलाएको र सो पुनीत कार्यका लागी विभिन्न स्वयंसेवक संस्था र व्यक्तिहरूलाई सहयोगको अपिल समेत गरेको छ।

प्रत्येक हप्ताको खोपका लागी वुधवार अपरान्ह २:०० वजेसम्म फर्म यसै फाउण्डेशनको कार्यालयमा वुझाई सक्नुपर्नेछ र सोही आधारमा अस्पतालसँग समन्वय गरी खोपको व्यवस्थापन गरीने व्यहोरा संस्थाका उपाध्यक्ष सुवर्ण लामाले वताउनुभयो।

मंगलवार,मार्च ३०,२०२१ मा अध्यक्ष सोमनाथ घिमीरे र महासचिव छिरिगं राप्के लामाले क्वीन्स अस्पतालमै भ्रमण गरी अस्पतालका कम्युनिटी भ्याक्सिन अर्गनाईजर स्टेफान मुनरो सॅंग भेटदै बृहत छलफल पश्चात २२१ वटा भ्याकसीन दर्ता फारम बुझाई, मिती र समय तय गरेको थियो भने आज मार्च ३१ का दिन थप २०३ वटा फारम यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे,उपाध्यक्ष सुवर्ण लामा,महासचिव छिरिगं राप्के लामा,कार्य समिति सदस्य द्वय प्रेम अधिकारी क्षेत्री, राम चन्द्र अधिकारीको उपस्थिती मा फारमहरु स्टेफान मुनरो लाई हस्तान्तरण गरिएको थियो भने शेर्पा किदुगकी अध्यक्ष छिरिगं शेर्पालाई र फिप्नाका वरिष्ठ उपाध्यक्ष पदम गुरुङ लाई पनि फाउण्डेशनले निमन्त्रणा गरेको थियो।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरले समाज प्रति विभिन्न सेवा पुराए वापत हामीलाई विश्वास गरेर भ्साक्सीन कार्यक्रमका लागी समुदायका सदस्यहरुलाई सहज गर्न/गराउन फाउण्डेशनको पुलको भुमिकाका लागी पुर्ण सहयोग गरीदिनुहुने हेल्थ ऐण्ड हस्पीटल क्वीन्स कम्युनिटी बोर्डका चेयरपरसन एंव क्वीन्सकै डिस्ट्रीक डेमोक्र्याट लिडर डा. ऐन्थोनि एन्ड्र्यु जुनियरलाई धन्यवाद प्रकट गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0