तमू (गुरुङ)हरूका दुई ठूला संस्थाहरुबीच २९ वर्षपछि एकताको सहमति

Homeसमाज

तमू (गुरुङ)हरूका दुई ठूला संस्थाहरुबीच २९ वर्षपछि एकताको सहमति

आजदेखि श्री स्वस्थानी व्रत सुरु
मकवानपुरमा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु , १० घाइते
कैलालीमा प्रहरी हत्या प्रकरण : ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

२० चैत , नवलपुर ।
तमू (गुरुङ)हरूका दुई ठूला संस्थाहरुबीच २९ वर्षपछि एकताको सहमति भएको छ ।
पोखरामा भएको वार्ता टोलीबीचको छलफलमा एकताको सहमति भएको हो ।
२०४९ सालदेखि फुटेका तमु ह्युल छोँज धीँ र तमु धीँ नेपालबीच पहिलो वार्तामै एकीकरण गर्ने सहमति भएको छ ।
वार्ताका लागि तमु ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषदका उपमहासचिव मनोज गुरुङको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली बनाएको थियो भने तमु धी नेपालले अध्यक्ष हुमबहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली बनाएको थियो ।
वार्ता सकारात्मक भएको भन्दै तमू धिँ नेपालका अध्यक्ष हुमबहादुरले एकता गर्ने सहमति भएको जानकारी दिए ।
उनले भने, ‘आज भएको वार्तामा एकता गर्ने सहमति भएको छ, दुई कार्यकाल आलोपालो नेतृत्व गर्ने र प्रतिनिधिको संख्याको विषयमा पनि छलफल भएको छ ।’
बाँकी विषय चैत २७ गते बैठक बसेर टुंग्याउने पनि बैठकले निर्णय गरेको छ । संस्थाको नाम, झण्डा लगायतका विषयमा सहमति हुन बाँकी छ ।
तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदको यही चैत २७ र २८ गते चितवनमा महाधिवेसन बोलाइएको छ ।
एकता गर्ने सहमतिसँगै महाधिवेसन सर्ने देखिएको छ । ‘महाधिवेसन सारौं, एकता महाधिवेसन गरौं भनेका छौं’ अध्यक्ष हुमबहादुरले भने ।
चैत २७ गते बस्ने बैठकमा संस्थाको नाम र झण्डा टुंगो लगाएर एकता महाधिवेसनका लागि आयोजक समिति बनाउने टुंगो लागेको ह्यलको तर्फबाट वार्ता टोली संयोजक मनोज गुरुङले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0