नवलपुरसहित देशका धेरै ठाउँको मौसम अहिले सफा

Homeअन्य

नवलपुरसहित देशका धेरै ठाउँको मौसम अहिले सफा

Vancouver Fashion Week – Spring/Summer 2015
Dow Jones tumbles, S&P 500 Index falls to 2018, as crypto recovers slightly
ZZ Ward Performing Live at the ESPY Awards Pre Show in L.A.

२० चैत , नवलपुर ।
नवलपुरसहित देशका धेरै ठाउँको मौसम अहिले सफा छ । नवलपुरसहित आसपासका क्षेत्रमा घाम लागेको छ ।
क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।
यस्तै, आज दिउँसोपछि भने पहाडी क्षेत्रको मौसम बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परे पनि अन्य ठाउँमा भने नपर्ने मौसमविद् सापकोटाले बताउनुभयो । यसैबीच, डढेलो नरोकिए फेरि प्रदूषण बढ्ने मौसमविद्ले बताएका छन् ।
सुख्खापनका कारण देशका धेरैजसो क्षेत्रका वनमा दिनहुँजसो आगलागी हुने गरेको छ ।
आज पनि देशका विभिन्न २८ क्षेत्रमा डढेलो लागेको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीले जनाएको छ ।
वातावरणविद्हरुले प्रदूषण बढ्नुको मुख्य कारण डढेलो भएकाले यसको नियन्त्रणमा जोड दिएका छन् ।
तर पर्याप्त पानीका स्रोत नहुँदा र आवश्यकता अनुसार दक्ष जनशक्ति नहुँदा डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0